Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे एमालेले संसदमा संकल्प प्रस्ताव पेस गर्दै

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे एमालेले संसदमा संकल्प प्रस्ताव पेस गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २० जेष्ठ २०७९
  • 729
    SHARES

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ ।

    प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन् ।



    शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्त्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।



    आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्यय अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार