Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रतिपक्षी दल एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

    प्रतिपक्षी दल एमालेले माग्यो महान्यायाधिवक्ता खातीको राजीनामा

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 756
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महान्यायाधिवक्ता खम्बबहादुर खातीको राजीनामा माग गरेको छ ।

    प्रतिनिधिसभा बैठकमा बौल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा अमार्यदित क्रियाकलाप गरेको भन्दै खातीको राजीनामा मागेका हुन् ।



    गत ३० वैशाखको स्थानीय तहको निर्वाचन क्रममा दैलेख, बुढीगंगा पुगेका महान्यायाधिवक्ता खातीले अमर्यादित क्रियाकलाप गरेकाले खातिले राजीनामा दिनुपर्ने भट्टराईले बताए ।



    दोषी किटान भइसक्दा पनि महान्यायाधिवक्ता खातीले नैतिकताको आधारमा राजीनामा नदिएको भन्दै उनले आश्चर्यसमेत व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार