Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली राष्ट्रिय फुटबल टोली आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै

काठमाडौं । कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोलीले आज ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दैछ । दोहामा हुने खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुनेछ ।

बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गरेको थियो । यस्तै, दोस्रो खेलमा श्रीलङ्कासँग १–१ को बराबरी खेलेको थियो ।

एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077