Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

इन्धन र एलपीजी ग्यास मुक्त देश बनाउन कांग्रेस महामन्त्री गगन थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पेट्रोल, डिजेल र एलपीजी ग्यास मुक्त बनाउनु पर्ने बताएका छन्।

मूल्यवृद्धि नियन्त्रणको माग गर्दै एमालेले प्रतिनिधिसभामा पेश गरेको सार्वजनिक महत्व माथिको प्रस्तावमा छलफलको क्रममा सांसद थापाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट बच्न पेट्रोल, डिजेल र एलपीजी ग्यास मुक्त नेपाल बनाउन लाग्नुपर्ने बताएका हुन्।

त्यसको लागि आजबाट नै सरकारले काम गर्नुपर्ने उनको तर्क थियो। आयातको सबैभन्दा ठूलो व्यापार घाटा पेट्रोलियम पदार्थ भएको भएकाले मुक्त गराउनु लाग्नु पर्ने उनको तर्क थियो। त्यस्तै पेट्रोलियम ऐन समेत ल्याउनु पर्ने सांसद थापाले सुझाव दिए।

तत्कालको लागि भने पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि कम गर्न अरु केही घटाउने ठाउँबाट घटाउन आग्रह गरेका थिए।उनले नेपालमा इन्धन भण्डारण क्षमता धेरै नभएको भन्दै कच्चा तेल किने प्रशोधन गर्ने व्यवस्था मिलाउन योजना बनाउनुपर्ने समेत बताए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077