Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भोलि शनिबार सार्वजनिक बिदा दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले भोलि शनिबार देशभर सार्वजनिक बिदा दिएको छ। शनिबार सार्वजनिक विदा हुने भएपनि गृहले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको हो ।

मन्त्रालयले रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोले सार्वजनिक बिदा दिइएको जनाएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको तथा जावलाखेल पुगेको चौंथो दिन रातो मछिन्द्रनाथको भोटो देखाउने परम्परा रहेकोमा भोलि २१ गते शनिबार राष्ट्रपति विद्या देवी भण्डारीको उपस्थितिमा कार्यक्रम रहेकोले उक्त दिन देशभर सार्वजनिक विदा रहेको छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077