Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जरायोको सिङसहित दुईजना पक्राउ

काठमाडौं । धनुषामा जरायोको सिङ बिक्री गर्न लागेका दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका २४ बस्ने २० बर्षका सोनु पाण्डे र महोत्तरीको महोत्तरी गाउँपालिका ३ बस्ने रितेश कुमार पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूलाई जनकपुरधाम २४ बाट पक्राउ गरिएको हो । उनीहरूको साथबाट खैरो रंगको ३ सिंगे १ थान र कालो रंगको २ सिंगे १ थान काटिएको जरायोको सिंग बरामद भगरिएको प्रहरीले जनाएको छ ।

यस्तै उनीहरुको साथबाट ज. ९ प.२७३ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ । सि बेचबिखन भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको हो ।

जरायोको बरामद सिङसहित दुबै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077