Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालआज डटकमलाई सूचीकरणबाटै हटाउने प्रेस काउन्सिलको निर्णय

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपालआज डटकमलाई सूचीकरणबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बसेको आचारसंहिता अनुगमन उपसमिति बैठकले कालोसूचीमा राखेर सुध्रने अवसर दिँदा पनि नसुध्रेको भन्दै उक्त अनलाइनलाई सूचीकरणबाटै हटाउने निर्णय गरेको हो ।

‘काउन्सिलले कालोसूचीमा राखी सुध्रने अवसर प्रदान गरे पनि कुनै सुधार नआएको, काउन्सिललाई अवज्ञा गरी आधारहीन, वैयक्तिक चरित्र हत्या गर्ने, मानहानी गर्ने समाचार निरन्तर सम्प्रेषण गर्दै आएको समेत देखिएको हुँदा उक्त अनलाइन सञ्चार माध्यमलाई सूचीकरणबाट हटाउने र नेपाल पत्रकार महासंघलगायतका सम्बद्ध संघसंस्थासँग छलफल गरी थप कारबाही गर्ने निर्णय भएको छ’ काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अनलाइनका सञ्चालक माधवप्रसाद गुरागाईँले एक महिला पत्रकारविरुद्ध हिंसा, ज्यादती, मानसिक यातना दिँदै आएको तथा दैनिक ५० औँ कल गरेर धम्की दिने गरेको भनी उजुरीहरू दर्ता भएपछि अनलाइनलाइ नै सूचीकरणबाट हटाइएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।

नेपालआज डटकमलाई पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ (१) (ग) बमोजिम कारबाही भएको हो ।

यस्तो छ काउन्सिलको प्रेस विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077