Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रूस-यूक्रेन युद्धको सय दिन पूरा : १ करोड २० लाख विस्थापित, दसौं हजार युक्रेनीको मृत्यु

एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक सय दिन पुरा भएको छ। फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो।

सुरूमा पूर्वी युक्रेनसँगै राजधानी किएभलाई पनि लक्षित गरी आक्रमण गरिएको थियो। केही दिनमै युक्रेन कब्जा गर्ने रूसको योजना सफल हुन नसकेपछि अहिले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित छ।

यो अवधिमा दुबै देशले हजारौं सैनिक गुमाएका छन्। ठूलो संख्यामा सैन्य सामग्री र हातहतियार नष्ट भएका छन्।

शान्त र सुन्दर युक्रेन आज खण्डहरमा परिणत भएको छ। युद्धको यो गर्मीले पूर्वी युरोप बाहिर विश्वका अन्य देशलाई पनि धेरै समस्यामा पारेको छ। युद्धका कारण युक्रनेले ३० देखि ५० प्रतिशत कुल गार्हस्थ्य उत्पादन गुमाएको छ।

हाल युक्रेनको बजेट घाटामात्रै ५ अर्ब अमेरिकी डलर पुगेको छ। विभिन्न अध्ययनअनुसार रुसी आक्रमणका कारण युक्रेनमा ६ खर्ब अमेरिकी डलर बराबरको संरचना र अर्थतन्त्रमा प्रत्यक्ष क्षति पुगिसकेको छ।

त्यस्तै, दसौं हजार युक्रेनी सर्वसाधारणले ज्यान गुमाएका छन् भने १ करोड २० लाख विस्थापित भएका संयुक्त राष्ट्रसंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077