Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मैत्रीपूर्ण अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

एजेन्सी । मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

ओमानका ओमार अल मलिकी र इशाम अल सुभीले एक/एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको हो । यसअघि नेपालले टिमोर लिस्टेको २३ वर्षमुनिको टोलीसँग २/२ गोलको बराबरी खेलेको थियो ।

यस्तै श्रीलङ्कासँग १/१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारबाट कुवेत जानेछ । एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले आउँदो बुधवार जोर्डनसँग, २८ गते शनिवार कुवेतसँग र ३१ गते मङ्गलवार इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077