Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

१७ गतेदेखि बेपत्ता भएका १७ वर्षीय किशोर मृत फेला, कांग्रेस कार्यकर्ताले हत्या गरेको एमालेको आरोप

अछाम । जेठ १७ गतेदेखि बेपत्ता भएका १७ वर्षीय विनोद शाही अछामको पंचदेव विनायक नगरपालिका–४ तल्लको कुच्चीमा मृत फेला परेका छन् ।

मृतक शाही एमाले निकट भएको भन्दै एमाले कार्यकर्ताले हत्याको आरोप लगाएका छन् । घटनाले राजनीतिक रुप लिंदा अहिले विनायक क्षेत्र तनावग्रस्त भएको छ ।

उनीहरुले कांग्रेस कार्यकर्तालाई हत्या गरेको भन्दै विहानैदेखि नाराबाजी गर्दै सडकमा टायर बालेका छन् । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार शाही शनिबार बिहान मृत फेला परेका थिए ।

शनिबार बिहान भिरमा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, अहिलेसम्म स्थानीयले घटनास्थलसम्म प्रहरीलाई जान नदिएको मरासेनीले जनाएका छन् ।

प्रदर्शनकारीहरुले प्रहरीको गाडी र इलाका प्रहरी कार्यालय तोडफोड गरेका छन् । बिहानै लास देखिएको भएपनि आन्दोलनका कारण प्रहरी अहिलेसम्म घटनास्थलमा पुग्न सकेको छैन ।

उक्त ठाउँमा स्थानीय तह निर्वाचनका क्रममा वैशाख ३० गते कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो भने केही दिनअघि कालिकास्थनमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप पनि भएको थियो ।

एमाले कार्यकर्ताहरुले कांग्रेस कार्यकर्तालाई हत्याको आरोप लगाएपछि अवस्था असहज बनेको आछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077