Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

काठमाडौं । वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । ललितपुरको जावलाखेलमा शनिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाइएको हो ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री शशी श्रेष्ठलगायत उच्च अधिकारीहरू पनि उपस्थित थिए।

भोटो हेर्न र रथको दर्शन गर्न हजारौँ व्यक्ति जावलाखेल पुगेका छन् । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।

तीन हप्तासम्म लगनखेलको इतीटोल चौबाटोमा रहेको मच्छिन्द्रनाथ र मीननाथको रथ तानेर गएको बुधवार जावलाखेलमा पुर्‍याइएको थियो । भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको जात्रा सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077