Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । मधेस प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

प्रदेश मन्त्रिपरिषद्ले सरकारको नीति तथा कार्यक्रम शनिबार स्वीकृत गरिसकेको छ ।

नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाका अनुसार नीति तथा कार्यक्रममा आर्थिक स्थिरता कायम गर्ने, आर्थिक वृद्धिदर बढाउने, अनुत्पादक खर्च नियन्त्रण गर्ने, प्रशानिक क्षेत्रमा अनुशासन कायम गर्ने, स्वरोजगार प्रवर्द्धन गर्ने र शिक्षा, स्वास्थ्यमा सुधार ल्याउने योजना समावेश गरिएको छ ।

यसैगरी, कृषि, सिँचाइ, स्वास्थ्य तथा पूर्वाधारको निर्माणलाई विशेष प्राथमिकतामा राखिएको प्रदेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ। सरकारले आन्तरिक र बाह्य लगानी भित्र्याउने योजनाहरू प्राथकिमताका साथ समावेश गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077