Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अछाममा किशोर मृत्यु प्रकरण : तालिमप्राप्त कुकुरसहित सीआइबीको टोली खटाइयो

काठमाडौं । अछाममा किशोर मृत्यु प्रकरणमा विवाद बढेपछि अनुसन्धानका लागि सीआइबी टोली पठाएको छ । शनिबार प्रदेश प्रहरी कार्यालयले डिएसपी मनोहर भट्टको नेतृत्वमा ६ जनाको टोली अछाम पठाइएको हो ।

उक्त टोली अछाम पुगिसकेको डिआईजी मोहन आचार्यले बताए । 'डिएसपी मनोहर भट्टसहित ६ जनाको सीआइबी टोली अछाम पठाइएको छ, कुकुरसहितको टोली पठाइएको हो, उनीहरु त्यहाँ पुगिसकेका छन्,' डिआईजी आचार्यले भने।

यस्तै शनिबार नै जिल्ला प्रहरी कार्यालय बाजुराबाट इन्स्पेक्टर सन्दीप शाह नेतृत्वको कमाण्डमा २५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय डोटीबाट असई रामबहादुर चौधरीको कमाण्डमा २५ जनाको थप टीम घटनास्थलमा परिचालन गरिएको बताइएको थियो ।

यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भीरमा शनिबार बिहान मृत भेटिएका थिए । निज शाहीको हत्या गरिएको भन्दै स्थानीयवासीले प्रदर्शन गर्दै प्रहरी कार्यालय र प्रहरीको गाडीमा तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

यही जेठ १७ गते पनि सो क्षेत्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झगडा भएको थियो । मृतक एमालेनिकटका युवा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077