Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्व वातावरण दिवस आज मनाइँदै

    विश्व वातावरण दिवस आज मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 951
    SHARES

    काठमाडौं । आइतबार विभिन्न कार्यक्रम गरि विश्व वातावरण दिवस मनाइँदैछ। दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन्। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष दिवस मनाउन थालिएको हो।

    मानव जाति आफू बस्दै आएको वातावरणको सर्जक र विनाशक दुवै रहेकाले वातारण संरक्षणमा मानवको भूमिका महत्त्वपूर्ण छ। यही कुरालाई ध्यानमा राखेर वातावरण संरक्षणमा मानवीय भूमिकालाई प्रवल बनाउने उद्देश्यसहित दिवस मनाइन्छ।



    यस वर्ष ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइँदैछ।



    नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार