Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • विश्व वातावरण दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    विश्व वातावरण दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 672
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।

    संयुक्त राष्ट्रसंघको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।



    नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनु पर्ने बताएका छन् ।



    विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार