Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्लास्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गरौँ : प्रधानमन्त्री प्रचण्ड

    प्लास्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गरौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 795
    SHARES

    काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो ।



    ५० औँ वार्षिकोत्सवका अवसरमा उनले यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा “विट प्लास्टिक पोलुसन” र मूल विषय “सोलुसन टु प्लास्टिक पोलुसन” लाई हाम्रो आफ्नै मौलिक शैलीमा “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ” भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएको छ । आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा उनले शुभकामना मार्फत आव्हान गरे ।



    प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठुलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार