Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट, दुई जना घाइते

काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

आइतबार साँझ ५ बजे काठमाडौं महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका-३ घर भई काठमाडौंको कालिमाटी बस्ने ३० वर्षीया किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते छन् । इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको प्रहरीको भनाई छ ।

खाली भइसकेको ट्याङ्की ग्यासले भरिएको र ढक्कन वेल्डिङ गर्नेक्रममा पड्किएको बताइएको छ । उनीहरू दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077