Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

३५ लाख लुटपाट गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ, सिपाही फरार

काठमाडौं । काठमाडौंमा प्रहरीले नै ३५ लाख रुपैयाँ लुटेको खुलासा भएको छ ।

सस्तोमा सुन बेच्ने बहानामा गत ८ जेठमा लैनचौरमा एक व्यापारीको ३५ लाख प्रहरीले लुटपाट गरेको खुलेको हो ।

लुटपाटमा संलग्न मालिगाउँ वृत्तमा कार्यरत हवल्दार शालिकराज नेपालीलाई पक्राउ गरिएको स्रोतले बतायो ।

यस्तै अर्का एकजना प्रहरी जवान फरार छन् । ३५ लाखमा एक किलो सुन बेच्ने भन्दै प्रलोभनमा पारेर व्यापारीलाई पैसा लिन लगाई पैसा लिएर उनीहरु भागेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077