Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद्‍को ११औं अधिवेशन अन्तर्गत १६औं बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले 'यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले 'फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विनियोजन विधेयकमाथिको छलफल सुरु गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077