Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई पर धकेल्न हो : पुटिन

एजेन्सी । युक्रेनलाई लामो दुरीमा प्रक्षेपण गर्न मिल्ने हतियार दिने तयारीमा रहेको अमेरिकालाई रुसले चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले आइतवार यस्तो भएमा युद्ध थप लम्बिने चेतावनी दिएका हुन् ।

'किभमा नयाँ हतियार पठाउनु भनेको सशस्त्र युद्धलाई जति सकिन्छ पर धकेल्न हो', पुटिनले भने ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई आफ्नो सुरक्षा गर्न अत्याधुनिक रकेट प्रणाली नै दिने घोषणा गरेका थिए। बाइडेनले उक्त रकेट रसियाभित्र आक्रमण नगर्ने शर्तमा मात्रै युक्रेनलाई दिइने बताएका थिए। उनले कतिवटा रकेट दिने भन्नेबारेमा भने केही बताएका छैनन्।

लङ रेन्जका मिसाइल किभ पठाएमा यसको उचित निष्कर्ष निकालिनेसमेत पुटिनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077