Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेसी चम्किदा अर्जेन्टिनाको शानदार जीत, मेसी एक्लैले गरे पाँच गोल

एजेन्सी । लियोनल मेसीको सानदार प्रदर्शनमा अर्जेन्टिनाले एस्टोनियालाई पराजित गरेको छ । आइतबार राति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा मेसी एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो ।

खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए।

दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए।

मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077