Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : पूर्वी भूभागमा मनसुनी वायु, पश्चिममा स्थानीय वायुको प्रभाव

काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ । पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले प्रदेश नम्बर–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

प्रदेश–१, वाग्मती र गण्डकीका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077