काठमाडौं । ललितपुरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा दुई समूहको बीचमा झगडा भएको छ ।
केही दिनअघि नेपाल विद्यार्थीसंघमा आबद्ध युगान्तर पौडेल समूहले कुटपिट गरेका थिए । सो विरोधमा अर्को समूहले तालाबन्दी गरेपछि विवाद चर्किएको छ ।
सोमबार विवाद बढेपछि प्रहरी परिचालन गरिएको छ ।
ताला लगाउनेहरूलाई पाँचौँ सेमेस्टरमा आर्किटेक्चर विषय अध्ययनरत युगान्तर पौडेल समूहले बाहिरबाट मान्छे ल्याएर कुट्न खोजेको आरोप अर्को समूहको छ ।