Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग आएको महामन्त्री थापाको भनाई

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग आएको बताउनु भएको छ ।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको उनले बताए ।

पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने बताउँदै उनले ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयका बारेमा कुनै छलफल भएको छैन । यद्यपी पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो,’ भने

‘नेपाली कांग्रेसमा एकल सरकार बने पनि एउटै अनुहारले मन्त्री हुने । गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोलि गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो, केही नयाँ साथी आउलान् । नयाँ काम गर्लान्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077