Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपाल प्रहरीका उत्तम सुवेदीसहित पाँच डीआईजी एआईजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उत्तम सुवेदीसहित पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ ।

त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077