Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्रका डीआईजी गौतम एआईजीमा बढुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका डीआईजी चन्द्रप्रकाश गौतमलाई एआईजीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरीमा यसअघि नारायणदत्त पौडेल एआईजीमा बढुवा भइसकेको छन् । यस्तै सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उत्तम सुवेदीसहित पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077