Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

काठमाडौं उपत्यकाको फोहोर ११ दिनपछि आजबाट उठाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडा फोहोर लैजान दिने सहमति भएसँगै आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।

सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।

सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ।

सहमतिअनुसार बञ्चरेडाँडामा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा सहरी विकास मन्त्रालयबाट आगामी आर्थिक वर्षका लागि विभिन्न पाँचवटा सडकका लागि रु। ४२ करोड ५० लाख, नदी नियन्त्रण कार्य, सामुदायिक भवन मन्दिर निर्माण र वृक्षारोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गरिएको छ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।

जग्गा अधिग्रहणको सम्बन्धमा वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि सो प्रतिवेदनको आधारमा अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी अधिग्रहणको प्रकृया सुरु गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077