Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्र प्रहरीका जवानले आफ्नै चिउँडोमा गरे गोली प्रहार

काठमाडौं।  सशस्त्र प्रहरीका एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन्।  आश्रित गुल्म सिन्धुलीमा कार्यरत जवान मदन श्रेष्ठले आफैंमाथि गोली प्रहार गरेको खुलेको छ ।

जवान श्रेष्ठको घर सिन्धुलीको रहेको खुलेको छ। उनले शुक्रबार राति  आफूले बोकेको एसएमजीबाट आफैंलाई गोली प्रहार गरेका थिए।

कमलामाई नगरपालिका–५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ खटिएको बेला श्रेष्ठले कार्यालयको शौचालयमा गएर आफ्नो चिउँडोमा गोली प्रहार गरेको खुलेको छ ।

जवान श्रेष्ठ सशस्त्र प्रहरीको काठमाडौं बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ। उनी खतरामुक्त रहेको वताइएको छ। जवान श्रेष्ठले किन आफैंलाई गोली प्रहार गरे भन्नेबारे केही खुल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077