Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालत परिसरमा गोली प्रहार गरी फरार रहेका यादव पक्राउ

नवलपरासी । जिल्ला अदालत नवलपरासी परिसरमा गोली प्रहार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

आफ्नै काकी रोशनी यादवलाई लक्षित गरी एक राउण्ड गोली प्रहार गरी भागेका हंशराज यादवलाई पक्राउ गरिएको हो ।

सोमबार दिउँसो अदालतमा अंश मुद्दाको विषयमा विवाद हुँदा उनले पेस्तोलबाट एक राउण्ड गोली प्रहार गरेका थिए ।

मंगलबार दिउँसो सुनवल गाउँपालिका(९ बनकट्टीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट पेस्तोल, म्यागेजिन र एक राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग र हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा अनुसन्धान अगाडि बढाएको एसपी कँडेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077