Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रेष्टुरेन्टमा युवती बलात्कृत, वेटर पक्राउ

    रेष्टुरेन्टमा युवती बलात्कृत, वेटर पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् ।



    पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।



    चार दिनअघि रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

    फुयाँलले पीडितको ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ । थप अनुसन्धान जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार