Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

स्वास्थ्य पहिलो प्राथमिकता भन्ने नारा दिएर कोभिडविरुद्धको लडाइँमा सफलता पायौं : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाइँमा नेपालले छिटो सफलता हासिल गरेको दाबी गरेका छन् ।

पुष्प वरुवाल स्मृति फाउण्डेसनले मंगलबार भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले ुजनताको जीवन रक्षालाई पहिलोु भन्ने नारा दिएर त्यसविरुद्धको लडाइँमा धेरै मुलुकहरुले भन्दा बढी छिटो सफलता हात परेको बताए ।

अन्य देशले आर्थिक गतिविधिलाई पहिलो प्राथमिकता दिए पनि आफू नेतृत्वको तत्कालीन सरकारले भने जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिएर कोभिडको रोकथाम र नियन्त्रणसहित स्वास्थ्य क्षेत्रमा नै तीव्र प्रगति गर्न सफल भएको बताए ।

अध्यक्ष ओलीले तत्कालीन समयमा आफ्नो जीवनको सुरक्षाको प्रवाह नगरी कोभिड संक्रमितहरुको उपचारमा केन्द्रित भएको भन्दै नेपालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको पनि प्रसंसा गरे ।

अमेरिकामा कोभिड संक्रमणपछि निधन भएका बरुवालको सन्दर्भ स्मरण गराउँदै अध्यक्ष ओलीले त्यस अवधिमा नेपालले भने अस्पतालहरुको विस्तारमा समेत उल्लेख्य प्रगति गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077