Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चार चिनियाँ नागरिकसहित ५ जनाबाट पौने चार करोड रुपैयाँ बरामद

काठमाडौं । स्रोत नखुलेको रकमसहित एक नेपाली र चार जना चिनियाँ नागरिकलाई पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र चार जना चिनियाँ नागरिक रहेका छन्।

चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई ल्याएको रकम फेला परेको हो। पक्राउ परेका गुरुङ भने गाडीका चालक हुन्।


क) पक्राउ परेका ब्यक्तिहरु:

१. चाइनिज नागरिक बर्ष ५० को Auang Zaiking ।

२. चाइनिज नागरिक बर्ष ४९ को Zhan Too ।

३. चाइनिज नागरिक बर्ष ३१ को Meng Yun Shun ।

४. चाइनिज नागरिक बर्ष २६ को Maujian Hua ।

५. जिल्ला नुवाकोट विदुर न.पा. वडा नं. ८ घर भएको बर्ष ४४ को फूल बहादुर गुरुङ ।




ख) बरामद रकम:

१. रु. १,०००।- (एक हजार) दरको ३६,४१३ (छत्तीस हजार चार सय तेह्र) थान गरी नगद रु.३,६४,१३,०००।- (तीन करोड चौसठ्ठी लाख तेह्र हजार) ।

२. रु. ५००।- (पाँच सय) दरको ५००१ (पाँच हजार एक) थान गरी नगद रु. २५,००,५००।- (पच्चीस लाख पाँच सय) ।

३. रु. १००।- (एस सय) दरको २ (दुई) थान गरी नगद रु २००।- (दुई सय) ।

४. २०।- (बीस) दरको थान १ (एक) ।

जम्मा नगद रु. ३,८९,१३,७२०।- (अक्षरेपी तीन करोड उनानब्बे लाख तेह्र हजार सात सय बीस )




पक्राउ परेका निज पाँचै जना, बरामद नगद रकम र BA B 5710 नम्बरको SUVARU कम्पनीको कार सहित थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धिकरण बिभाग पुल्चोक ललितपुर पठाइएको काठमाडाैं प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077