Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्तो छ कर्णाली प्रदेशको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९र८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा प्रदेशको स्वास्थ्य, शिक्षा, सांस्कृति, रोजगारी लगायतका विषयलाई प्राथमिकताका साथ समावेश गरिएको छ ।

उक्त नीति तथा कार्यक्रमअनुसार विदेशबाट फर्केका युवाहरुको लागि ‘गरी खाने’ कार्यक्रम ल्याइने भएको छ ।

विदेशबाट फर्केका तथा स्वदेशभित्र रोजगारीका अवसरबाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशील उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरी खाने’ कार्यक्रम अभियानको रुपमा सञ्चालन गरिने प्रदेश प्रमुखले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077