Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु

चितवन । चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारलाई सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकलले मङ्गलबार साँझ ६ः४५ बजे ओभरटेक गर्ने क्रममा कारमा ठोक्किँदा विपरीत दिशाबाट आउँदै गरेको ना७ख १३७१ नंको तेलट्याङ्करमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गोरखाको सहिद लखन गाउँपालिका–४ का अन्दाजी २२/२३ वर्षीय सन्तोष चेपाङ रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने ट्याङ्कर, ट्याङ्कर चालक, कार र कारचालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल पठाइएको प्रवक्ता अधिकरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077