Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसका सांसद अमरेशकुमार सिंहले राखे उपसभामुख पद खारेजीको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।

१२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरु उपसभामुख चयनका विषयमा मौन छन् ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा (२) १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077