Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बिहीबारसम्म नयाँ मन्त्रीहरुको सपथ हुने मेटमणि चौधरीको दाबी

    बिहीबारसम्म नयाँ मन्त्रीहरुको सपथ हुने मेटमणि चौधरीको दाबी

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बिहीबारसम्म मन्त्री हेरफेर हुने बताएका छन् ।

    बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरुले बिहीबारसम्म सपथ ग्रहण गरिसक्ने दावी गरे ।



    ‘हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि समय चाहिन्छ भनेपछि केही दिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथ ग्रहण भोलि पक्कै हुन्छ’ उनले भने ।



    उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार