Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • असन्तुष्ट एआईजी पोखरेलले फेरि मागे विदा

    असन्तुष्ट एआईजी पोखरेलले फेरि मागे विदा

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 981
    SHARES

    काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले एक महिनाका लागि लिएको विदा सकिएको छ ।

    तर उनले फेरि आफूलाई १० दिन विदा चाहिएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालमा पत्र पठाएका छन् ।



    आफ्ना एकजना सहयोगीमार्फत पोखरेलले विदाका लागि निवेदन दिएका हुन् । सरकारले आफूभन्दा कनिष्ठ एआईजी सिंहलाई आईजीपीमा बढुवा गरेको भन्दै असन्तुष्टि जनाएर उनी १८ वैशाखदेखि एक महिनाका लागि विदा बसेका थिए ।



    अर्का एआईजी सहकुलबहादुर थापाले पनि १० दिनका लागि विदा लिएका थिए । तर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर उनी काममा फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार