Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • आईजीपी विवाद मुद्धा : आज जवाफी बहस हुँदै, फैसला आउन सक्ने

    आईजीपी विवाद मुद्धा : आज जवाफी बहस हुँदै, फैसला आउन सक्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ असार २०७९
  • 987
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विवाद मुद्दामा आज जवाफी बहस हुँदै छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । जवाफी बहस सकिएपछि सर्वोच्चले आजै फैसला सुनाउन सक्नेछ ।

    मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको छ।



    प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।



    रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । गत वैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार