Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एआईजी पोखरेलको बिदा अस्वीकृत

    एआईजी पोखरेलको बिदा अस्वीकृत

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 972
    SHARES

    काठमाडौं । एआईजी विश्वराज पोखरेलको बिदा अस्वीकृत भएको छ ।

    यसअघि लिएको बिदा सकिएपछि पुनः बिदाका लागि निवेदन दिएका पोखरेलको बिदा आईजीपी धीरजप्रताप सिंहले अस्वीकृत गरेका हुन् ।



    पोखरेलले बुधबार प्रहरी प्रधान कार्यालयमा सहयोगी पठाएर बिदाका लागि निवेदन बुझाएका थिए ।



    सम्बन्धितले बिदा माग्नुपर्ने नियमअनुसार सिंहले पोखरेलको बिदा अस्वीकृत गरेर घर ठेगानामा जानकारी गराउन निर्देशन दिएका छन् ।

    प्रहरी प्रवक्ता विष्णु केसीले बिदा अस्वीकृत भएको पुष्टि गर्दै घर ठेगानामा जानकारी गराउन निर्देशन दिएको बताए ।

    आईजीपीको दाबेदार पोखरेल आईजीपी हुन नपाएपछि गत वैशाख १९ देखि बिदामा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार