Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय क्रिकेटर मिथाली राजद्वारा सन्न्यासको घोषणा

एजेन्सी । भारतीय ब्याटर मिथाली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छिन् ।

३९ वर्षीय राजले भारतीय महिला क्रिकेटको एक दिवसीय प्रतियोगितामा हालसम्मकै सर्वाधिक ७ हजार ८०५ रन बनाएकी छिन् । ट्विटरमा एक विज्ञप्तिमार्फत उनले समर्थकहरूलाई उनीहरूको मायाका लागि धन्यवाद भनेकी छिन् ।

२३ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट करियरमा मिथालीले १२ टेस्ट, दुई सय ३२ एकदिवसीय अन्तर्राष्ट्रिय र ८९ टी–२० अन्तर्राष्ट्रिय खेलेकी छिन् ।

३९ वर्षीया मिथालीले ६ पटक एकदिवसीय विश्व कप खेलेकी छिन् । सन् २००५ को विश्व कपमा मिथालीले पहिलो पटक टिमको नेतृत्व गरेकी थिइन् र भारत उपविजेता बनेको थियो ।

महिला क्रिकेटमा 'सचिन तेन्दुलकर' भनेर चिनिने मिथालीको विश्व कप जित्ने सपना भने अधुरै रह्यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077