Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनगढीका वडा वडामा हरेक महिना निःशुल्क स्वास्थ्य शिविर

कैलाली । धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा हरेक महिना स्वास्थ्य शिविर गर्नका लागि भाटभटेनी सुपर मार्केटसँग सम्झौता भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङबीच आगामी पाँच वर्षका लागि बुधबार सम्झौता भएको हो।

उपमहानगरपालिकाको स्वास्थ्य शाखाले मासिक पात्रो बनाएर उपमहानगरपालिकाको १९ वटै वडामा महिनाको एक दिन चिकित्सकसहितको स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

त्यसका लागि उपनहानगरपालिकाको उपकरण, औषधि, यातायातका साधन हुनेछन् भने विशेषज्ञ चिकित्सकलाई करारमा भर्ना गर्न धनगढीमा सञ्चालन हुने भाटभटेनी सुपर मार्केटले रकम प्रदान गर्नेछ ।

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले पाँच वर्षसम्मका लागि एकजना फिजिसियन र एक स्त्रीरोग विशेषज्ञका लागि मासिक तलब र भत्तासहितको सेवाका लागि रकम दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077