Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल, हाजिर वा राजीनामा दिनुपर्ने दबाब

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिप्रति असन्तुष्टि जनाउँदै लामो समय बिदा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले माग गरेको थप बिदा अस्वीकृत भएपछि उनीमाथि हाजिर हुन वा राजीनामा दिनुपर्ने दबाब बढेको छ ।

हाजिर हुँदा आफैले अस्वीकार गर्दै सर्वोच्च अदालतमा मुद्दा हालेका महानिरीक्षक धिरजप्रताप सिंहलाई स्वीकार गरेको अर्थ लाग्ने हुनाले यी दुई विकल्पमध्ये के रोज्ने भन्ने उनले निक्र्यौल गरिसकेका छैनन् ।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेकोमा असन्तुष्टि जनाउँदै उनले तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीबाट १८ वैशाखमा एक महिनाको बिदा स्वीकृत गरेका थिए । त्यसको भोलिपल्ट उनले आईजीपी नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उनले १९ वैशाखदेखि लागू हुनेगरी एकमहिने बिदा लिएकोमा सार्वजनिक बिदासमेत जोड्दा मंगलबार सकिएकोमा बुधबारदेखि लागू हुनेगरी १० दिन बिदा माग गरेका थिए । थप १० दिनका लागि मागेको बिदा आईजीपी सिंहले अस्वीकृत गरिदिएका हुन् । आईजीपी सिंहले उनलाई तत्काल हाजिर हुन लिखित निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077