Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको मौसम : देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना

    आजको मौसम : देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । भने मध्य तथा पश्चिमी भू(भागमा स्थानीय वायुको प्रभाव रहेको छ ।

    जसका कारण बिहीबार देशका सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुनेछ ।



    कर्णाली र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।



    प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

    विभागका अनुसार आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार