Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?

    केरला आइपुग्यो मनसुनी वायु, कहिले आइपुग्छ नेपाल ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ जेष्ठ २०८०
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ ।



    उनले भने, “यसपालिको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । केरला आइपुगेको वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाहीँ एक दुई दिन अघिपछि पनि हुन्छ ।”



    महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ ।
    अहिले भारतको केरलाको आकाशमा बादलहरू निर्माण भइरहेको उनले बताए । मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो । सामान्यतया भारतको केरलामा जुन १ मा मनसुनी वायु देखापर्दा नेपालमा जुन १३ मा मनसुनी वायु भित्रने गर्थ्यो । मनसुन वायु नेपाल कति चाँडै आउँछ भन्ने कुरा वायुको वेगसँग पनि निर्भर रहने उनको भनाइ छ ।

    झापाबाट प्रवेश गरेको मनसुन देशैभर फैलन कम्तिमा पाँच दिन लाग्ने मौसमविद् लामिछानेले बताए । भारतको केरला आइपुगेको मनसुनी वायु बङ्गालको खाडीमा पुग्छ ।

    त्यसपछि उत्तरपूर्व हुँदै नेपालको पूर्वी जिल्ला झापाबाट नेपालमा मनसुन भित्रने उनको भनाइ छ । गतवर्ष नेपालमा जुन ५ मा मनसुनी वायु प्रवेश गरिसकेको थियो । सन् २०२१ मा जुन ११ मा मनसुनी वायु नेपाल प्रवेश गरेको थियो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार