Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वर्षायाम सुरु भएसँगै मेलम्ची नदी आसपास क्षेत्र प्रभावित, बाढीले अस्थायी पुल बगायो

काठमाडौं । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ ।

गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाउन थालेको छ । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको पुलमा क्षति पुर्‍याएको हो ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा गत वर्ष असार १ गतेको बाढीले पुल बगाएपछि ह्युमपाइप राखेर बाटो बनाइएको थियो।

मेलम्चीको वडा नम्बर ७ र ११ जोड्ने उक्त ह्युमपाइपमा क्षति भएपछि बाटो अवरूद्ध भएको छ । यो अस्थायी संरचना आज बिहान बाढीले क्षति पुर्‍याएपछि मर्मत गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077