Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न एमाले सांसद नविना लामाको माग

काठमाडौं । नेकपा एमालेकी सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै लामाले जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यसलाई खारेज गर्नुपर्ने बताइन् ।

उनले जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिनुपर्ने समेत बताइन् ।

जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीले विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको बताउँदै उनले त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नबनेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077