Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुन्छ : हृदयेश त्रिपाठी

    थारु र मधेसीलाई हेर्नेवित्तिकै गोली हान्ने प्रवृत्ति कहिले अन्त्य हुन्छ : हृदयेश त्रिपाठी

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले बर्दियामा बाघबाट बचाउन माग गर्नेलाई गोली हानेर मारिएको भन्दै प्रहरी प्रशासनको आलोचना गरेका छन् ।

    आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै त्रिपाठीले थारु र मधेसीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाए । उनले भने, ‘बर्दियामा बाघबाट बचाउन आग्रह गर्दा पुलिस रुपी राक्षसबाट बर्दियामा मृत्यु भयो ।



    उनले लाल आयोगको प्रतिवेदनमा यथार्थमा पुलिसले गरेको ज्यादतीको फेहरिस्त भएकाले सरकारले त्यसलाई सार्वजनिक नगरेको जिकीरसमेत गरे ।



    भ्रष्टाचारको काममा घुमुवा प्रहरीले विचौलिया र दलालको काम गरेको भन्दै उनले घुमुवा भनेर गाउँगाउँमा पठाउने काम बन्द गर्न नेपाली प्रहरीको नेतृत्वलाई सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार