Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्थमन्त्रीमाथि रावलको व्यंग्य : बजेट बनाउँदा थकाइ लागेको होला

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले बजेटमाथि छलफलको क्रममा अर्थमन्त्री संसदमा अनुपस्थित भएपछि खोजी गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जवाफदेही व्यवस्था भएकाले अर्थतन्त्र संकटग्रस्त भएको बेलामा अर्थमन्त्री अनुपस्थित भएकोप्रति आपत्ति जनाए।  रावलले अर्थमन्त्री खोजे पनि सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री बिरामी भएकाले आएर फर्किएको जानकारी गराए।

सभामुखले रावललाई रोक्दै भन्छन्, ‘उहाँ आउनुभएको थियो। मैले पनि देखेँ उहाँ अस्वस्थ हुनु भएर मसँग बिदा मागेर जानुभएको छ। उहाँले अर्थ मन्त्रालयसँग सम्बन्धित विषयलाई शिक्षामन्त्रीलाई टिपोट गरेर राख्नु भन्नुभएको छ। यो मानवीय कुरालाई ख्याल गर्नुहोला।’

सभामुखले मानवीय कुरामा ख्याल गर्नु भनेपछि नेता रावलले व्यंग्य गर्दै भने, ‘बजेट बनाउने बेलामा थकाइ पनि लाग्यो होला म यही सदनबाट अर्थमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077