Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन शाखा प्रमुख रघुपति चौधरी, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंक प्रसाद ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक पदमा र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिहरुलाई नियुक्ति दिएको आरोपमा उनिहरुलाई बिहिबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077