Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

युक्रेनलाई सघाएको आरोपमा दुई बेलायतीसहित तीन जनालाई मृत्युदण्ड

एजेन्सी । बेलायत सरकारले आफ्ना दुईजना नागरिकलाई रुस समर्थित स्वघोषित दोनेत्स्क गणतन्त्रको एउटा अदालतले मृत्युदण्डको सजाय सुनाएकोमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

दोनेत्स्कको अदालतले बेलायती नागरिकद्वय आइडन एस्लिन र सौन पिन्नरलाई मृत्युदण्ड सुनाएको हो । दोनेत्स्क गणतन्त्रले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन ।

२८ वर्षीय स्लिन र ४८ वषीर्य पिन्नर तथा मोरोक्कोका नागरिक साउदुन ब्राहिमलाई युक्रेनको निजी सेना बनेको र हिंसात्मक तरिकाले सत्ता कब्जा गर्ने काममा सरिक रहेको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले भनेका छन्,'हामीले निरन्तर रूपमा युद्ध बन्दीहरूलाई राजनीतिक उद्देश्यका लागि शोषण गर्न नहुने बताउँदै आएका छौँ । जेनेभा महासन्धि अनुसार युद्धबन्दीहरूले योद्धा प्रत्याभूति पाउँछन् र उनीहरूलाई शत्रुतापूर्ण कार्यमा सहभागी भए बापत कानुनी कारबाही चलाइनु हुन्न ।

त्यसैले हामी युक्रेनी सशस्त्र फौजमा सेवारत तथा युद्धबन्दी बनाइएका कुनै पनि बेलायती नगरिकको रिहाइको सुनिश्चतताका लागि निरन्तर युक्रेनी निकायहरूसँग मिलेर काम गरिरहेका छौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077